युनियन लाइफको आइपिओ तेश्रो दिन ४.५६ गुणाले बढि आवेदन

काठमाडौं । असार २४ गतेबाट निष्काशन भएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा तेश्रो दिन ४.५६ गुणाले ओभर ‘सब्सक्राइब’ भएको छ ।

६४ लाख ५० हजार कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर निष्काशन गरिएकोमा निष्काशनको तेश्रो दिन अपरान्ह ५ः२० बजे सम्म १८ लाख ३५ हजार ६ सय ५६ जना सर्वसाधारण लगानीकर्ताहरुबाट २ अर्ब ९४ करोड ६३ लाख ४९ हजार रकम बराबरको २ करोड ९४ लाख ६३ हजार ४ सय ९० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो । यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपिओमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *