नेपाल आइपुग्यो अमेरिकाले दिएको १५ लाख खोप

काठमाडौं । अमेरिकी सरकारले उपलब्ध गराएको १५ लाख डोज खोप नेपाल आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार (आज) बिहान आइपुगेको खोप नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

कतार एयरवेजको नियमित उडानमार्फत् नेपाल आइपुगेको खोप अमेरिकी सरकारले उपहारस्वरुप दिएको हो । खोप ग्रहण गर्दै स्वास्थ्यमन्त्री श्रेष्ठले अमेरिकी सरकारले दिएको खोप नेपाली नागरिकको जीवन रक्षाका लागि बरदान सावित हुने बताए ।

प्राप्त खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी गरिएको सरकारले जनाएको छ ।

अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 2 =