ज्योति विकास बैंक र क्यानबीच सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ(क्यान)बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

दुई संस्थाले संयुक्त रुपमा देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवर्द्धन, तालिम र सेवा विस्तार तथा कार्यान्वयनका लागि कार्यक्रमहरू सञ्चालनमा ल्याउने बैंकले जनाएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र क्यानका तर्फबाट क्यानका उपाध्यक्ष रञ्जितकुमार पोदरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

साथै सम्झौताअनुसार बैंकले क्यानमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, १५ लाख रुपैयाँ सम्मको बिनाधितो सहुलियतपूर्ण कर्जा, साना तथा मझौला कर्जा प्रदान गर्नुका साथै क्यानअन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्ने जनाएको छ ।

बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =