चलचित्र ‘फाइटर’मा द्वन्द्वको दृश्य आकाशमा खिचिने
२०७८ असार २५ गते

काठमाडौँ । भारतीय अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण चलचित्र ‘फाइटर’ मा एकसाथ देखिने भएका छन् । सिद्धार्थ आनन्दको निर्देशनमा बन्ने चलचित्रमा ऋतिक र दीपिकाले अभिनय गर्ने भएका हुन् ।
यस चलचित्रमा आकाशमा द्वन्द्वको दृश्य छायाङ्कन गर्न लागिएको पनि निर्माण पक्षले जानकारी दिएको छ । निर्देशक आनन्दका अनुसार एरियल एक्सन फ्रेन्चाइजको रूपमा यसलाई निर्माण गरिने छ ।
चलचित्र भायकम-१८ स्टुडियोले अत्याधुनिक प्रविधि प्रयोग गरी निर्माण गर्ने छ । चलचित्रको छायाङ्कन २०२२ मा गरिने छ । सिद्धार्थले यसअघि ऋतिक र टाइगर श्रफलाई लिएर चलचित्र ‘वार’ निर्देशन गरेका थिए ।
२०७८ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित








