लघु चलचित्र ‘कुमारी’ सार्वजनिक

काठमाडौँ । अनन्तप्रसाद तिमिल्सिनाको निर्देशन रहेको लघु चलचित्र ‘कुमारी’ सार्वजनिक भएको छ । चलचित्रमा निर्देशक तिमिल्सिना र निरुता खड्काको अभिनय रहेको छ ।

८ मिनेटको चलचित्रमा यौनकर्मीको कथा समेटिएको छ । तारा थापा किम्भेको सम्पादन रहेको चलचित्रमा तिमिल्सिनाकै लेखन रहेको छ । चलचित्र खुशी तिमिल्सिना र अरोज तिमिल्सिनाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =