एक साथ पूजा र आकाश

काठमाडौं । कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ पुनः एक साथ देखिएका छन् ।

केही दिनअघि दुवैको सम्बन्ध अन्त्य भएको खबर फैलिएको थियो । सिन्धुपाल्चोकमा आएको बाढीको क्रममा छुट्टाछुट्टै सहयोग सङ्कलन गरेपछि छुटिएको खबरलाई बल पुगेको थियो । त्यस्तै उनीहरुले एक अर्कालाई सामाजिक सञ्जालबाट समेत हटाएका थिए ।

अहिले भने सङ्गीतकार अर्जुन पोखरेलले तस्बिर सार्वजनिक गर्दै नयाँ काम सुरु गर्न लागेको बताएका छन् । उनले पूजा शर्मा र आकाश श्रेष्ठसँगको तस्बिरसँगै रहेको तस्बिर सार्वजनिक गर्दै छायाङ्कनमा समेत छिटै जाने उल्लेख गरेका छन् ।

आकाश रजतपट समूहमा जोडिएपछि र पूजाले एक कार्यक्रममा दिएको अन्तर्वार्तापछि सम्बन्ध सकिएको दर्शकले बुझेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =