भोलिदेखि युनियन लाइफको साधारण शेयर बिक्री खुल्ला

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि असार २४ गतेबाट सर्वसाधारणहरुको लागि धितोपत्रको सार्वजनिक निष्काशन साधारण शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

उक्त शेयर कित्तामध्ये ५ प्रतिशत अर्थात् ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सी-आस्वा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको साधारण शेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस दिनसम्म माग गरिएभन्दा कम आवेदन परेको खण्डमा भने साउन ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने जनाइएको छ ।

कम्पनीको साधारण शेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी कार्य प्रभु क्यापिटल लिमिटेडमार्फत भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *