नेप्से ओरालो यात्रामै, १७ अंकले घट्दा साढे ४ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार परिसूचक (नेप्से) १६.९७ अंकले घटेको छ ।

यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.६० प्रतिशतले घटेर २८०१.०६ बिन्दुमा समेटिएको छ । सेन्सेटिभ परिसूचक १.५० अंकले घटेर ५२५.२४ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये दूई उपसमुहका सूचक मात्र बढेको छ भने अन्य ११ वटा उपसमूहहरू घटेका छन् ।

यस दिन २ सय २२ कम्पनीका १ करोड १ करोड १६ लाख ६२ हजार २ सय ७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९ सय ७६ रूपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, यस दिन सेञ्चुरी कर्मर्सियल बैंक लिमिटेडको सेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ । प्राइम कमर्सियल  बैंक लिमिटेडको सेयर मूल्य ३ प्रतिशतले बढेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *