आरबीबी म्युचुअल फण्ड १ आजदेखि बिक्रीमा

काठमाडौं । आजदेखि राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबीबी म्युचुअल फन्ड-१ को बिक्री खुला भएको छ ।

यसको योजना व्यवस्थापक आरबिबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक हो ।

अङ्कित मूल्य १० का दरका १० करोड रुपैयाँको इकाई जारी गरिनेछ । यसमध्ये एक करोड ५० लाख रुपैयाँ इकाई वा कूल बिक्री भएको इकाईको सङ्ख्यामा १३ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकलाई र दुई प्रतिशत आरबिबी मर्चेन्ट बैंकिङलाई छुट्याइएको छ । बाँकी रहेको आठ करोड ५० लाख रुपैयाँ इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ ।

म्यचुअल फन्डको इकाईमा न्यूनतम १०० कित्तादेखि अधिकतम एक करोड रुपैयाँ इकाईसम्म आवेदन दिन सकिनेछ । निष्काशन तथा बिक्री छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते बन्द गरिनेछ ।

यस योजनाको समयावधि सात वर्ष रहेको छ । कम्पनीले सात वर्षको अवधिमा लगानीकर्तालाई १६० प्रतिशतसम्मको प्रतिफल दिने जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सञ्चालन गर्न लागेको यो पहिलो सामूहिक लगानी कोष योजना हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *