जीवन विकास लघुवित्तको आइपिओे बाँडफाँट

काठमाडौं । जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर आईपीओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बुधबार बिहान शेयर बाँडफाँट गरेको हो ।

कम्पनीले यही असार ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । संस्थाको आईपीओमा २० लाख ८७ हजार ३१७ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ६९ हजार ९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

उनसत्तरी हजार नौजनाको आवेदनमध्ये केहीको आवेदन अयोग्य भएको र केहीको आवेदन रद्द भएको क्यापिटलले जनाएको हो ।

आवेदन गरेका मध्येबाट २० लाख १८ हजार ३०८ जना आवेदक योग्य रहेका छन् । मागभन्दा बढीको आवेदन परेपछि क्यापिटलले योग्य रहेका उक्त आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँट गरेको थियो ।

सोअनुसार गोलाप्रथाबाट एक लाख ८४ हजार ८०१ जनाले १० कित्ता शेयर पाएका छन् भने ५ जनाले ११ कित्ता शेयर पाएका छन् । आवेदन दिएकामध्ये १९ लाख २ हजार ५ सय १६ आवेदकले शेयर पाएनन् ।

कम्पनीले रु १ सय अङ्कित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो ।

त्यसमध्ये जारी पूँजीको पाँच प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता शेयर कर्मचारीका लागि र कूल निष्कासनको ५ प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो ।

आईपीओको नतिजा मेरोशेयर, सिडिएसले आईपीओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *