अभिनेता दिलीप कुमारको निधन

काठमाडौँ । प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ । उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।

सास फेर्न गाह्रो भएपछि उनलाई हालै अस्पताल भर्ना गरिएको थियो । कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन् । उनीहरूका सन्तान छैनन् ।

कुमारले सन् १९९४मा ज्वारभाटा नामक चलचित्रबाट चलचित्र यात्रा सुरु गरेका थिए । तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो । व्यावसायिक हिसाबले सफल चलचित्रमा नर्गीस र राज कपुरले पनि अभिनय गरेका थिए जो पछि गएर चर्चित अभिनेता बन्न सफल भए ।

उनको जन्म सन् १९२२को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा भएको थियो । हाल पाकिस्तानमा पर्ने पेसावरमा उनको जन्म हुँदा उनको नाम यूसूफ खान राखिएको थियो । आफ्ना केही मुस्लिम सहकर्मीहरूजस्तै उनले हिन्दी चलचित्र उद्योग प्रवेश गर्दा हिन्दू नाम दिलीप कुमार राखेका थिए ।

कुमारको जीवनी लेखेका लर्ड मेघनाथ देसाईले उनलाई प्रख्यात हलिउड अभिनेता मार्लन ब्रयान्डो वा इटलीका मार्चेल्लो मास्त्रोयान्नीसँग तुलना गरेका छन् । मेला, नयाँ दौर, गङ्गा जमुना, देवदास र मुग़ल ए आज़म जस्ता सफल चलचित्रबाट उनले थुप्रै प्रशंसक कमाएका थिए । –बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *