बीपी कोइराला प्रतिष्ठानको अनिमियततासम्बन्धी मुद्दा टुङ्ग्याउन माग

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनिमियततासम्बन्धी मुद्दा यथाशक्य छिटो टुङ्गो लगाउन  स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियानको संयुक्त संघर्ष समितिले माग गरेको छ ।

स्वास्थ्य सेवा प्रदान गर्ने, शिक्षा प्रदान गर्ने र अनुसन्धान गर्ने देशकै ठुलो संस्थानका बारेमा परेको भ्रष्टाचार र अनिमियततासम्बन्धी उजुरीका तामेलीमा रहेका र केही उजुरीहरू अनुसन्धानका क्रममा रहेकाले प्रतिष्ठानको अल्पकालीन र दीर्घकालीन विकासमा बाधा पुगेको भन्दै छिट्टै टुङ्गो लगाउन आग्रह गरेको हो ।

यसले गर्दा प्रतिष्ठान नै धरायशी हुने स्थिति सिर्जना भएकाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको भ्रष्टाचार र अनियमिततासम्बधी मुद्दालाई टुङ्गो लगाई राष्ट्रिय गौरवको संस्थानलाई डुब्नबाट बचाउन समितिले माग गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =