टन्न खान पाइने आशमा हरेकृष्ण मन्दिर जान्थे स्टिभ जब्स

एप्पल कम्पनीका निर्माता स्टिभ जब्स अहिले हामीमाझ छैनन् । तर उनका जीवनका हरकहानी अहिले सबैका लागि प्रेरणादायी छन् । सन् २००५ मा अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयमा भएको एक दिक्षान्त समारोहमा उनले आफ्नो जीवनको एक भोगाइ सुनाएका थिए । जसमा उनले गरिबी र अभावले ग्रस्त भएको समयमा आफू खानेकुराको जोहो गर्न अनेक उपाय लगाउने गरेको बताएका छन् ।

उनले टन्न खाना पाइने भएकाले हरेक आइतबार उनी ७ माइल पर रहेको हरेकृष्ण मन्दिरमा जाने गरेको बताएका छन् । त्यहाँको वातावरण र व्यवहार सबैले आफ्नो मन छोएको महशुस हुन्थ्यो उनलाई । मन्दिरमा सबैलाई बाँडेर खाने संस्कृति देख्दा उनलाई मानिसमा अझै मानवता जीवित नै रहेछ भन्ने लाग्थ्यो । निष्फिक्री रुपमा मन्दिरमा गएर त्यहाँको व्यवहार‚ संस्कृति‚ भगवानप्रतिको समर्पण‚ दुःख कष्ट बिसाउँदै गरिएको भजनको ध्वनीले मन्त्रमुग्ध हुँदै गर्दा उनलाई आफ्नै मनको कुरा सुनेजस्तो महशुस भइरहन्थ्यो । उनी बारम्बार यही सोचिरहन्थे – मैले आफ्नो मनको कुरा सुनेँ ।

सेवाभाव र समर्पणको प्रवचन सुन्दै भोको पेट भरेको त्यो क्षणलाई उनले वर्षौँपछि दिक्षान्त समारोहमा खुलेर व्यक्त गरेका छन् ।

Steve Job Went To Hare Krishna Temple For Food When He Was Homeless And Did not Have Money

भर्ना भएको ६ महिनाभित्रै कलेज छाडेपनि त्यसपछिका १८ महिना कुनै न कुनै रुपमा उनी त्यही कलेजतिरै भौँतारिइरहे । अविवाहित अवस्थामै गर्भाधारण गरेकाले स्टिभकी आमाले स्टिभलाई कुनै अर्का परिवारको हातमा सुम्पने निधो गरिन् । तर अर्कै परिवारको हातमा सुम्पिए पनि त्यो परिवार शिक्षित होस् भन्ने कुरा भने उनको मनमा सधैँ खेलिरह्यो ।

सबै कुरा आफ्नो गतिमा अघि बढिरहेको थियो । एक वकिल दम्पत्तिले स्टिभ गर्भमै हुँदा उनलाई पाल्ने निधो गरे । तर पछि उनको जन्म भएपछि आफूहरूले छोरी चाहेको तर छोरो जन्मिएको भन्दै स्टिभलाई आफूसँग लैजान अस्वीकार गरे । त्यसपछि अर्को परिवारले स्टिभलाई लैजाने पक्का भयो तर, त्यो परिवार अशिक्षित छन् भन्ने थाहा पाउनासाथ स्टिभकी आमाले उनीहरूलाई आफ्नो सन्तान दिन अस्वीकार गरिन् ।

स्टिभलाई आफूले सम्पूर्ण शिक्षा प्रदान गर्ने वाचा गरेपछि उनकी आमाले स्टिभलाई उनीहरूसँगै पठाइन् ।

त्यसको १७ वर्षपछि स्टिभ जब्सलाई स्टानफोर्डको एक महंगो कलेजमा पढ्न मन लाग्यो । उनका अभिभावकले बल्ल बल्ल कमाएको पैसा जम्मा गरेर स्टीभलाई त्यही कलेज पठाए, जहाँ पढ्न उनी लालायित थिए । तर ६ महिनापछि, जब पढाइमा आफ्नो रुची छैन भन्ने बुझेपछि उनी त्यो कलेजबाट पनि बाहिरिए र कहिले कता त कहिले कता भौँतारिन थाले ।

 

Steve Jobs, Bill Gates: How to be successful

पढाइ छाडेपछि उनी कहिले आफ्नो साथीको घरमा जान्थे भने कहिले खुला आकाशमुनी नै रात कटाउने गर्थे । उनीसँग न टाउको लुकाउने छत थियो, न त कतै गएर बस्नका लागि पैसा नै । उनी कोकका खाली बोतल बेचेर खानाको जोहो गर्थे र पेट भर्थे ।

स्टीभ जब्सले दिक्षान्त समारोहमा मनलाई सुन्नुपर्ने भन्दै सुनाएको आफूले दुःख पाएको क्षण भौँतारिरहेको कहानी अहिले करोडौँ मानिसका लागि प्रेरणादायी बनेको छ ।

त्यसको १० वर्षपछि स्टीभ र उनका एक साथीले पहिलो म्याकिन्टस् कम्प्युटरको विकास गरे । उनले पहिला क्यालिग्राफी सिकिसकेकाले त्यसको प्रयोग गरेर सुन्दर टाइपोग्राफी डिजाइन गरे । जसलाई पछि विन्डोजले पनि कपी गर्‍यो । यदि उनले त्योबेला टाइपोग्राफीको अध्ययन र त्यसको प्रयोग नगरेको भए अहिले भएका कम्प्युटरहरूमा यति धेरै फन्ट शायदै हुन्थे होला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.