नेप्से ११ अंकले घट्यो, जम्मा साढे ४ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) ११.७८ अंकले घटेको छ ।

यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.४२ प्रतिशतले घटेर २८२२.७४ बिन्दुमा समेटिएको छ ।

सोमबार सेन्सेटिभ परिसूचक भने ०.०४ अंकले घटेर ५२८.४१ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये पाँच उपसमुहका सूचक मात्र बढेको छ भने अन्य ८ वटा उपसमूहहरू घटेका छन् ।

यस दिन २ सय २४ कम्पनीका १ करोड ६३ हजार ६ सय ३६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५ सय ७९ रूपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, यस दिन विशाल बजार लिमिटेडकाे सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । हिमालयन डिस्टिलरी लिमिटेडको सेयर मूल्य ८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *