साउन ७ गतेबाट ‘हेल्लो ब्रो’ प्रसारण हुने
२०७८ असार २१ गते

काठमाडौँ । सलोन सलिना फिल्मसकाे ब्यानरमा सिरिज ‘हेल्लो ब्रो’ निर्माण भएको छ । सुरेश न्यौपानेको निर्देशन रहेको सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, अलिष्था सुवेदी, मनीषा ओझा र सन्तोष गिरीको अभिनय छ ।
सलोन बस्नेत कार्यकारी निर्माता रहेको सिरिजमा रामजी राउत एपिसोड निर्देशक, सुरेश न्यौपानेको कथा, केदार भुसाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त सिवाकोटीको संगीत, शङ्कर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन, बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स र कलर, शिशिर खातीको कोरियोग्राफी, सुमन गुरुङ गजमेरको सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ ।
सिरिज साउन ७ गतेदेखि हरेक बिहीबार राती ७ बजे बुढा सुब्बाको बिएम टिभीबाट प्रसारण हुनेछ
२०७८ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








