अस्ट्रेलियासहित पाँच देशमा वैदेशिक अध्ययन स्वीकृतिपत्र वितरण खुला

काठमाडौं । शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरिया‚ अष्ट्रेलियासहित पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) जारी गर्ने कार्य खुला गर्ने निर्णय गरेको छ ।

आइतबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी अस्ट्रेलिया, दक्षिण कोरिया, जापान, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र जारी गर्ने निर्णय गरेको हो ।

कोभिड-१९ महामारी फैलिएसँगै गत वैशाख ९ गतेदेखि यी पाँच देशमा अध्ययनका लागि जानका लागि अध्ययन स्वीकृति पत्र जारी गर्ने कार्य स्थगित गरिएको थियो ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *