साँघुरो सडकपेटीमा बिरुवा, बटुवालाई समस्या (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको सोह्रखुट्टे नयाँ बजारदेखि बालाजु विष्णुमतीसम्म सडकको दुवैतिरका पेटीमा काठमाडौं महानगरपालिकाले बिरुवा रोपिरहेको छ ।

मुस्किलले दुईजना हिँड्न मिल्ने सडकपेटीमा रोपिएका बिरुवा र बिरुवालाई घेरा लगाइएको फलामे जालीका कारण आधाजति फुटपाथ ओगटेको छ । तेजपात, कपुर, चेरी असारे फूललगायत जातका बिरुवा रोप्ने काम भइरहेको हो । बिरुवा ठुला भएपछि हिँडडुलमा समस्या हुने स्थानीय बासिन्दा बताउँछन् ।

सडकको पूर्वतर्फको फुटपाथमा बिरुवा रोपिसकिएको छ भने पश्चिमतर्फ धमाधम बिरुवा रोप्ने काम भइहरेको छ ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *