सेमेष्टर प्रणालीबारे प्राध्यापकः अझै व्यवस्थित भएन

काठमाडौँ । प्राध्यापक चैतन्य मिश्र फाउण्डेसनले समाज बिज्ञानका विभिन्न विषयमा कार्यक्रमहरु गरिरहेको छ । यसै क्रममा फाउन्डेसनले असार १६ गते नेपालको उच्च शिक्षामा सेमेष्टर प्रणालीका अनुभव, सम्भावना र चुनौतीहरुका बारेमा छलफल गरेको छ । भर्चुअल माध्यमबाट गरिएको छलफलमा सहभागीले विश्वविद्यालयमा सञ्चालन भईरहेको सेमेस्टर प्रणालीका सम्बन्धमा महत्वपूर्ण विचार व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी बक्ताका बिचारको सम्पादित अंश :-

प्राडा कुसुम शाक्य -डिन, त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकाय
उच्च शिक्षा भन्ने बित्तिकै स्नातक र त्यसमाथिको तहलाई बुझ्नुपर्छ । यो तहमा नेपालमा २०७० सालदेखि सेमेष्टर प्रणाली लागू भएको हो । तथ्यांकलाई केलाउने हो भने सन् १९७० मा नै १९.५ मिलियन विद्यार्थी ‘इन्डोर अफ हायर एजुकेशन’ रहेको पाईन्छ । हाम्रो र बाहिरका देशको चलन अल्लि फरक छ । नेपालमा पढाई सिध्याउने नै भनेर नरोकी पढिरहने गरिन्छ । बाहिर भने फरक हुन्छ । त्यसैले सिस्टम उनीहरुको लागि तगारोको रुपमा छ । हाम्रोमा चाहीँ फेरि नयाँ सेमेस्टर प्रणाली सुरु भयो । करिब करिब ७-८ वर्ष भयो तर, यो मूल्याङ्कनको समय चाहीँ पक्कै हो । सन् २०२५ सम्ममा २ सय मिलियनभन्दा बढि विद्यार्थी उच्च शिक्षामा जोडिन्छन् भन्ने आँकडा छ । यसरी यो प्रणालीलाई चाहीँ महत्व दिइएको छ । भने यो अति अपरिहार्य छ र हाम्रा विद्यार्थी पनि र बाहिरकाहरु पनि “अन्डर गार्ड” गर्ने भन्दै आउने जाने गर्दछन् । तर हाम्रो सम्बन्ध भनेको नेपालको सन्दर्भमा हेर्ने हो । यहाँ करिब १५ वटा जति युनिर्भसिटी बनिसकेका छन् । आउने दिनमा अझै बढ्दै जाने छ । संख्या आफ्नो तरिकाले बन्दैछ । तर विश्वविद्यालयमा कस्तो गुणस्तरमा कस्तो बन्ने भन्ने कुरा हाम्रो प्रमुख कुरा हो ।

तपाई हामीमध्ये कोही सेमेस्टरबाट पढेर आएको होला, पास भाको होला । भने कोही वार्षिक परीक्षा प्रणालीबाट पास भएका होलान् । वार्षिक परीक्षा प्रणालीबाट भएपनि सेमेस्टर प्रणालीबाट भएपनि हामीले आफ्नो लेभल पास गरेर आइसकेका छौं । त्यतिबेलाको समयअनुसार अझ पनि हामीलाई पढ्न त्यसमा इच्छा छ भने हामी पनि समावेश हुदाँखेरी हामी पनि सेमेस्टर प्रणालीमै जोडिन्छौं । लगभग सबै विश्वविद्यालयमा सेमेस्टर प्रणाली नै लागू गरिएको छ । र, यो नेपालमा मात्र होइन विश्वभर नै प्रचलनमा आएको प्रणाली हो । २०७० सालदेखि त्रिभुवन विश्वविद्यालयमा सेमेष्टर प्रणाली सञ्चालन भएको छ । सुरु त भयो तर, यसमा के कस्ता समस्याहरु भइरहेका छन् भन्ने कुरालाई संवोधन गरेर अगाडि बढ्न जरुरी छ ।

वार्षिक परीक्षा प्रणालीलाई काटेर वर्षमा दुईवटा सेमेस्टर बनाऊ भन्नु राम्रो पक्ष हो । नयाँ धारणा हो । यो मैले पढाउँदै गर्दा सुनेको आवाज हो । र, यसरी सोच्दाखेरी राम्रो सजिलो हुने कुरा महसुस भयो । एक वर्षमा पढ्ने कुरा छ/ महिनामा पढ्दाखेरी सजिलो पनि हुने भन्ने कुरा मलाई महसुस भयो । त्यो हिसावबे जाँदा कोर्ष आधा आधा हुन्छ । वार्षिक परीक्षा प्रणालीमा पढेको कुरा आधा आधा बनाएर प्रणालीगत रुपमा पढ्दा सजिलो अवश्य पनि हुन्छ । जसले गर्दा पढाउनेलाई पनि सजिलो र पढ्नेलाई पनि सजिलो भन्ने कुरालाई हामीले सकारात्मक रुपमा लिन आवश्यक छ ।

यो प्रणाली त्रिभुवन विश्वविद्यालयमा भर्खर आयो । अन्य १५ वटै विश्वविद्यालयमा भर्खरै आयो या आउँदै छ । यद्यपि धेरैजसो मेडिकल कलेजमा यो प्रणाली धेरै पहिले देखिनै लागू भइसकेको छ । यहाँनेर फरक के छ भने भर्खरभर्खरका नयाँ विश्वविद्यालय पनि सेमेस्टरमा नै छन् । हामी पनि छौं । अरु पनि छन् । भन्दाखेरी कहाँनेर छ बेथिति ? कहाँनेर के गर्र्ने भन्ने कुरा हामीले थाहा पाउनुपर्छ । सेमेस्टर प्रणालीमा छोटो समयमा नै पढ्नुपर्ने पनि हुन्छ । देखाउने पनि पर्ने भएकाले शिक्षक र विद्यार्थीले कम्मर कसेरै पढ्नुपर्ने हुन्छ । होइन भने प्रभावकारी बनाउन एकहातले मात्रै सम्भव हुदैन कि ? छोटो समयमा नै छोटो र मिठो गरेर पढ्न पायो र पस्किन पायो भने धेरै राम्रो हुन्छ । त्यसैले यदि उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने हो भने सेमेष्टर सिस्टमको विकल्प छैन भन्ने लाग्छ । केही कमीकमजोरी भएमा सुधार गर्नु जरुरी छ । तर यसलाई कसरी हुन्छ थप राम्रो बनाउनेतर्फ नै लागि परौं ।

प्राडा चित्र बुढाथोकी -डिन, शिक्षाशास्त्र संकाय, त्रिवि
सेमेस्टर प्रणली वास्तवमा वार्षिक परीक्षा प्रणालीको कमिकमजोरी सच्याउनका लागि पनि गरिएको हो । बार्षिक प्रणालीमा विद्यार्थी भर्ना भएपनि हुने, कलेज आएपनि वा नआएपनि हुने किसिमको लापरबाही हुने केही मूल्याङ्कन पनि नहुने भएपछि सेमेस्टरमा जानुपर्छ भन्ने कुरा आएपछि २०७० सालबाट त्रिविमा लागू गरियो । त्यतिबेला अलि हतारमा लागू गरियो । मैले सुरुको छलफलमा पनि भाग लिएको थिए । एक वर्षको पाठ्यक्रमलाई धेरै सरहरुले आधा बनाउनुभयो । त्यति पर्याप्त समय पनि भएन । सुरुका दिनमा त्यसपछि पढ्ने पढाउनेमा पनि कसरी पढाउने हो भनेर धेरैलाई अन्योल पनि भयो ।

सेमेस्टर प्रणाली भनेको के हो ? कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर अन्योल भयो । तर पछि पढाउँदै जाँदाखेरी त्यसका केही सरहरुले अलि व्यवस्थित रुपले सिक्नु पनि भयो । सिकाउनु पनि भयो । तर अझैपनि बाहिरका क्यापसहरुमा प्रभावकारी रुपमा कार्यन्वयन भएको छैन । वास्तवमा सेमेस्टर प्रणाली भनेको छ/छ महिनामाको एक सेमेस्टरको कार्यक्रम त्यसमा पनि कति शिक्षकले पढाउनुपर्ने अनि कति विद्यार्थीले पढ्नुपर्ने, शिक्षकले कक्षा कोठामा गएर पढाउनैपर्ने, २ देखि ३ घण्टासम्म विद्यार्थीले पढ्नुपर्ने, विद्यार्थी सक्रिय हुनुपर्ने, अन्तरक्रिया गरेर पढ्नुपर्ने, विद्यार्थीले आफै पनि चासो देखाउनुपर्ने र शिक्षकले पनि पढाउन अनुसन्धान गर्नुपर्ने, नियमित रुपमा मूल्याङकन गर्नपर्र्र्ने प्रणाली हो ।

हाम्रो र विदेशको कोर्ष हेर्यो भने क्रेडिट आवरमा हाम्रो बढी होला कम छैन । क्रेडिट आवरको परिभाषा भनेको सिक्ने सिकाउने काम भएको छ कि छैन भनेर शिक्षककोतर्फबाट कक्षा कोठामा डेलिभरी गर्ने कुरा चाहीँ करीब करिब भएको छ । त्यसपछि पढाइसकेपछि विद्यार्थीले गर्नुपर्नै क्रियाकलापहरु अलि कम भएको देखिएको छ । कतिपय बिषयमा त कामै भएको देखिंदैन । एकहोरो पढाउने मात्रै देखिन्छ । अनि विद्यार्थीलाई नोट दिने अनि छलफल कम भएको देखिन्छ ।

हामीले विदेशमा पढ्दा शिक्षकले केही न केही काम दिनुहुन्थ्यो र हामी गर्दथ्र्यो । बिहानदेखि बेलुकासम्म चिया खाना खाने फुर्सद पनि हुँदैन थियो । सायद त्यो विदेशमा बस्ने सबै सरहरुलाई त्यो अनुभव भएको पनि होला । तर हाम्रोमा चाहीँ एकहोरो पढाउने, मूल्याङ्कन पनि नहुने अनि विद्यालयमा पनि त्यति उपस्थिती पनि नहुने हुन्छ । तर विदेशमा शिक्षकले निरन्तर रुपमा मूल्याङकन गरिरहेको हुन्छ । कतिपय सरले नियमित रुपमा मूल्याङ्कन गर्ने अनि राम्रो गर्नुभएको पनि छ । सबै शिक्षकहरुले इमान्दारीपुर्वक त्यसरी काम गर्नु भएको पाइएन । स्नातकोत्तर अध्ययन अध्यापन हुने करिब १ सय २५ वटा जति कलेज छन् । किर्तीपुरमा पहिले विद्यार्थी थिए अब घट्न थाले । किनभने किर्तीपुरमा आइसकेपछि नियमित हाजिर हुनुपर्ने, नियमित रुपमा क्रियाकलाप गर्नुपर्ने भएकाले नियमित हुन नसक्ने विद्यार्थी बाहिर जान थाले र यो बाहिरको क्याम्पसहरुमा राम्रा क्याम्पस बाहेक धेरैले चाहीँ विद्यार्थीको हाजिर पनि आफै गर्दिने, विद्यार्थीको मुल्याङ्कन पनि आफैँ गर्दिने, कुनै परीक्षा पनि नलिएर त्यसै नम्बर हाल्दिने गरेको कुरा यस्ता अन्तरक्रिया कार्यक्रममा सरहरुले सिधै भन्नुभयो ।

विद्यार्थीलाई पास नगर्दिने हो, हाजिर नभए हामी नम्बर नपठाउने हो भने भोलिका दिनमा हाम्रोमा विद्यार्थी आउँदैनन् त्यसका लागि हामीले रोजिरोटीका लागि भएपनि हामीले गर्न बाध्य छौँ । गर्नै नहुने हो तर, गर्नै बाध्य छौँ । त्यसकारणले यो आन्तरिक मूल्याङ्कनको समस्या होे । बाह््य मूल्याङ्कनको कुरा गर्ने हो भने सेमेष्टर प्रणालीमा बाह्य मूल्याङ्कन भन्ने हुँदैन । हामीले राम्रो विद्यार्थी छान्नका लागि प्रवेश परीक्षा गराउँछौ तर यो नाम मात्रको भयो राम्रो विद्यार्थी छान्न हामीलाई अवसर नै भएन । किनभन्दा हामीले आएका सबै विद्यार्थीलाई भर्ना गरिएन भने हाम्रा खुलेका कलेजहरुले विद्यार्थी नपाउने भए । त्यसकारणले गर्दा पनि त्यो समस्या भयो । शैक्षिक क्यालेण्डर ब्यवस्थित भएन । अर्काे समस्या के हो भने बिदा पनि भद्रगोल भयो । वर्षभरि विभिन्न समयमा भयो, यसलाई मिलाउनपर्छ, यदि हामीले दशैं तिहारमा एक दुई महिना बिदा गर्नैै पर्ने हो भने हामीले मंसिरमा सेमेष्टर सुरु हुनुपर्छ । चैत्रमा अन्त्य हुनुपर्छ । र अर्काै चाहीँ साउनमा अन्त्य हुनुपर्छ । र सेमेष्टरको अन्तमा बिदा हुनुपर्छ । संसारभर नै त्यहि हो । सेमेष्टरमा कममा ४ महिना पढाइ हुन्छ । बिचबिचमा बिदा हुने भएकाले विद्यार्थीलाई धेरै असर गरेको हुन्छ । भर्खर सिक्न लागेको हुन्छ, अनि फेरि बिदा भैदिन्छ । अनि यहानेर गाउँ जान्छ कता जान्छ फेरि पढाईमा डिस्र्टव हुन्छ ।

धेरै चुनौतीहरु छन् विद्यार्थीको हकमा विद्यार्थी पढ्न भन्दा पनि सर्टिफिकेट हात पार्नका लागि मात्र गरेको जस्तो देखिन्छ । ब्याचलर तथा मास्र्टस लेबलमा यस्तो खाले सिप सिक्छु भन्ने खालको सोच छैन, जीवनमा गुजारा चलाउनु छ भन्ने खालको सोच छ । पढ्न आएका विद्यार्थीलाई पढेर के गर्र्नै भनेर सोध्दा धेरै विद्यार्थी झसंङग हुन्छन् । अनि ब्याचलर सकियो अब के गर्नै त काम छैन गए बिदेश जाने हो । त्यसकारणले हामी पढ्न आएको हो । उनीहरु के बन्ने भन्ने योजना नै छैन । हामीले सुधार गर्नैका लागि शैक्षिक क्यालेण्डरमा बिदालाई व्यवस्थित गर्नुपर्नैछ । त्यसका लागि हामीले हामीले मात्र भन्दा पनि कार्यकारी परिषदले कहाँ गएर कहाँ अन्त्य गर्नै र बिदा ब्यवस्थापन गर्नुपर्ने देखिएको छ । शिक्षकहरुलाई पढ्ने पढाउने कसरी बनाउने त शिक्षणमा हामी कसरी प्रवेश गर्ने कसरी सिकाई हुन्छ भन्ने कुरामा जोड दिनुपर्छ ।

उपप्राध्यापक डा. रामचन्द्र बराल -पृथ्वी नारायण क्याम्पस पोखरा
बिद्यार्थी भर्ना गर्नै बेलामा सिमीत रुपमा नगरेर कक्षा शुरु भैसकेपछि कलेजले फि कलेक्सन गर्नै पाइन्छ भनेर बोलाईरहने चलनले पनि समस्या आएको हो । त्यो बानीले कक्षा शुरु भएको १ महिना पछाडि पनि नयाँ बिद्यार्थी आउने भयो । यसले गर्दा व्यवस्थापन र शिक्षकका बीचमा मत बाझियो । तै पनि कक्षाको अट्ने सिष्टम सम्म अटाएर पढाउने भन्नेमा हामी पनि लाग्न बाध्य भयौं । समस्या के रह्यो भने कक्षामा पढाउदै गयो पढाइराको बेला घण्टी बज्छ अनि अर्र्काै शिक्षक आएर मेरो कक्षा शुरु भयो भन्नु हुन्छ । त्यो समस्याले गर्दा हामीले यसपालीबाट के गर्यौ भने एउटा शिक्षकलाई डेढ दुई घण्टा तीन घण्टाको समय नदिने हो भने सिकाई राम्रो भएन भनेर अघिल्लो सेमेष्टर देखि त हामीले एउटा शिक्षकलाई कम्तीमा डेढ घण्टालाई दिन आबश्यक हुन्छ भनेर अभ्यास गर्यौं । अनलाइनको समयमा अलि धेरै समय प्लस गरेका छौ ।

शान्ता हमाल -डोटी क्याम्पस
डोटीमा स्रोत र साधनको अभाव नै रहेको छ । यसका साथ साथै हाम्रो यो क्षेत्रमा सधै सरहरुले भन्नु भएको भन्दा धेरै फरक छ । बिद्यार्थीको सख्या एकदमै न्यून छ । अनि त्यसमा पनि हाम्रो यहाँ पढाई भन्दा पनि कामलाई प्राथमिकता दिएको छ । कामलाई रोकेको अवस्थामा चाँही काम रोकिने भयो भन्दै बल्ल पढाई तिर आइरहेको अवस्था छ । बिद्यार्थीहरु एकदम जागंर नदेखाउने ,शिक्षकले जे दियो त्यति मात्र गर्र्नै सोधखोज नगर्नै त्यस्तो अवस्था छ । हामीले कक्षा चाँही दिनको तीन घण्टा नै भनेका छौं । त्यसमा बिद्यार्थीको उपस्थिती एकदम कम छ । कतिपय बिद्यार्थी त ५० प्रतिशत मात्रै आउछ्न । अनलाईन भएर पनि जम्मा ५० प्रतिशत सहभागि जनाउछन् । रिर्सच स्रोत साधनको कुरामा समस्या नै छ ।

शरद सिमखडा -धादिङ क्याम्पस
जवहोल्डर र शिक्षकमात्रै हुने र शिक्षकले ४ बजेसम्म पढाउने र साढे चारमा कलेज आउनेलाई हतारो हुने । थाकेर आउने अनि बिहानमा पनि आउन नसक्ने हुदो रहेछ । क्याम्पसको आफ्नो बाध्यताले गर्दा बिहान पनि कक्षा गर्न नसक्ने हुदो रहेछ । अनि बेलुका चाँही थाक्ने भएकाले विद्यार्थीलाई कक्षा लिन पनि नसक्ने । अनि अर्काै कुराहरु रिर्सचहरुको पनि पाठ्यक्रममा भएका कितावहरु चाही बजारमा पाइदैन । शिक्षकले नै नपाउने अवस्था बन्ने अनि गाइड गेस पेपरहरुमा भर पर्नै अनि एक दुई दिन पढेर भैहाल्छ भन्ने सोच राखेर बिद्यार्थीहरु आउने र बिद्यार्थी नै तयार नभएको अवस्था छ कतिपय ठाउँमा भने केहि बिद्यार्थीहरु पढ्न तयार छन् । मेहनतका साथ र उनीहरुलाई हाम्रो तर्फबाट सहयोग पनि भएको छ । हामेमा ४५ जनाले इन्ट्रन्सा दिएका थिए त्यसमध्ये ३१ ज्ना भए घटेर यहाँ यस्तो हुदो रहेछ। हामी त नबुझेर आएको भन्छ्न भनेको आफ्नो जिम्मेवारीबाट पन्छ्निछन् ।

प्राडा शिवराज भुषाल -शिक्षाध्यक्ष, त्रिभुवन विश्वविद्यालय
विश्वविद्यालयहरुमा चुनौतीहरु धेरै छन् । हामी अप्ठ्याराका जगंलभित्रै छौं । त्यसलाई कसरी व्यवस्थापन गर्नै भन्ने हो । हाम्रो शिक्षा प्रणालीले सुरुका दिनहरुमा विश्वविद्यालय थोरै भयो पठनपाठन गरेका मानिस थोरै थिए । पछिल्लो समय यो बिस्तार हुदै जादाँ हाम्रो उत्पादनले बजार पाएन । जनशक्ति बेरोजगार भयो । विश्वबिद्यालय शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो भयो भन्ने आरोपहरु आउँदा केही खोजि भए । कसरी बेरोजगारीको उत्पादन गर्ने थलो भयो त किन हाम्रा जनशक्तिले प्रतिस्पर्धा गर्न सक्दैनन त भन्दा सैद्धान्तिक बढि भयो ब्यवहारिक हिसाबले रिर्सच बजारसगँ जोडिएर जान सकेनौं । केही बाटाहरु हाम्रा अप्ठ्यारा छन् । अब यसलाई जोडेर जानुपर्छ । समाज र बजारले माग गरेजस्तो काम र पाठ्यक्रम हुनुपर्छ र समययानुकुल सुधारहरु हुनुपर्छ । शिक्षकले पढाउने अनि विद्यार्थीले सुन्ने भन्दा पनि अल्लि फरक ढङगले जानु पर्यो । प्रबिधिसँग जोडेर जान पर्यो । अनुसन्धानसगँ जोडेर जान पर्यो । र स्थितीलाई समाधान गर्र्नै के भन्दा सेमेष्टर सिष्टमले अन्य विद्यालयमा देखाएका केही प्रगतिहरु त्यसलाई हामीले लागु गर्न सके एउटा समस्याको समाधान हुन्छ होला भन्ने हिसाबले हामीले सुरु गरेका हौं । विश्वविद्यालय स्रोत साधनको अभाव भयो र सबै ठाउँमा उसैगरी अनुगमन मूल्याङकन गर्नै सकेनौं । शिक्षकहरुलाई प्रोत्साहित गर्ने व्यवहारिक वातावरण बनाउनै सकेनौं । सेमेष्टरबाट आएका विद्यार्थीलाई अरु वार्षिक परिक्षा प्रणालीबाट आएका विद्यार्थीभन्दा फरक छन् भन्ने खालको बनाउन सकेनौं भने विद्यार्थी मोटिभेट हुने अवस्था रहदैन थियो ।

केहि सुधारहरु पछिल्लो दिनमा देखिएका थिए । अहिलेको अवस्थाले गर्दा पनि समस्या पनि उत्पन्न भएको हो । सेमेष्टर प्रणालीमा राम्रो गर्छु भनेका शिक्षक तथा विद्यार्थीका लागि राम्रो अवसर प्रर्दान गरेको हो । सिक्न अनि सिकाउनका लागि तर पढे जस्तो गरिदिउन त अनि पढाए जस्तो गरिदेउन त भन्नेहरुलाई हामीले मनाउन सक्ने वातावरण बनेको थिएन । केही आरोप पनि आए वार्षिक प्रणालीलाई भाचेर आधा आधा बनाइयो भनेर । शिक्षकलाई तालिमहरु पनि दिन सकेका थिएनौं । सेमेष्टरमा यसरी जानुपर्छ भनेर तालिम दिन सकेका थिएनौ । हामीले सबै व्यवस्थापन गर्नै प्रयास गरीरहेका छौं । धेरै अन्य कुराहरुको समस्या भएकाले पनि यस्को व्यवस्थापन हुने कार्य जारी रहेको हो । हामी सेन्टरमा केही हदसम्म पनि व्ययवस्थित भइसकेका छौं । र यो अन्य क्षेत्रमा पनि ब्यवस्थित हुनेछ । पूर्णत यो सेमेष्टर सिष्टम यो शिक्षकलाई उत्तरदायी नबनाइकन शिक्षकलाई नै मोटिभेट नगरिकन सफल हुने कुरा होइन । एकैपटक शिक्षकलाई जिम्मा लगाउन पनि हामीले नसक्ने र यसलाई क्रमश हुदै जाने कुरा हो । त्यहिअनुसार शिक्षकको सिप बिकास गर्नै, कन्फिडेन्सको पनि विकास गर्दै जाने । विश्वविद्यालय ठूलो भएका कारणले पनि हामी जुन योजना र सोचका आथ अगाडि जानु पर्नै थियो त्यो तत्काल परिवर्तन भएको देखा पदैनन् । यो विस्तार विकास भएको देखा पर्नैकुरा हो । तत्काल हामीले हाजको भोली खोजेजस्तो सबै व्यवस्थापन गर्नै ग्राहो हुन्छ ।

प्रा.डा. चैतन्य मिश्र
अबको यो सेमेष्टर प्रणालीमा एमए, पिएचडी, एमफिएलको लेबललाई छुट्याएर हेरौं । युनिभर्सिटी त एउटै हो । बिए लेबलसम्म मानिसको पढ्न पाउने अधिकार पनि भन्न थाले लोकतन्त्र पनि भन्न थाले एमए, पिएचडी, एमफिएल यसलाई त्यहाँबाट निकालौं यो सबै जनाले पढ्न पाउनु पदैन । जो कन्फिडेन्ट छ, उस्ले पढ्न पाउनुपर्छ । त्यसकारणले पढ्न सक्ने विद्यार्थीमात्र भर्ना गरौं । म पढ्न सक्दिन त्यसकारण मलाई नोट चाहिन्छ, मलाई गाइड बुक चाहिन्छ, त्यहि लेखेर पास हुनुपर्छ भन्ने विद्यार्थीहरु भर्ना नगरौं । हामीले राम्रो मानिसलाई पढाउन खोजेको हो कि धेरै विद्यार्थी पढाउन खोजेको हो । त्रिभुवन विश्वबिद्यालयबाट साक्षार विद्यार्थी निकाल्ने कि के गर्ने ? यो कुरालाई मनन् गरेर एउटा निधोमा पुग्नु पर्छ । होइन भने हामी चाहीँ साक्षार एमए, पिएचडी बनाउन छोड्दिए हुन्छ । र थोरैलाई पढाउ राम्रोलाई पढाउ। । सिक्न खोज्ने विद्यार्थी र राम्रो सिकाउने शिक्षक आवश्यक छ । हाम्रो ८० प्रतिशत बढि शिक्षकहरु नै अल्छी छन् । शिक्षकको धर्म छैन । हामीले मूल्याङकनको कुरा लागु नगरेको हो हामीले चाहेमा यो कलेजहरुमा लागु गराउन सक्छौं । सेमेष्टरलाई राम्रो बनाउने हो भने राम्रा विद्यार्थी भर्ना गर्ने र राम्रा विद्यार्थीलाई थप राम्रो बनाउने प्रणाली पनि बनाउनुपर्दछ ।

यो पनि
महाव्याधिमा माैन बाैद्धिक थलाे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *