एमालेले साउन २५ मा विधान सम्मेलन गर्ने

काठमाडौं । नेकपा एमालेले साउन १५ गते विधान सम्मेलन गर्ने भएको छ । निर्वाचनसँग जुध्न गए महाधिवेशन वैशाखमा सार्ने प्रस्तावसमेत गरिएको छ । शुक्रबार शुरु भएको बैठक आज पनि बसिरहेको छ । बैठकले साउन २५ मा विधान सम्मलेन गर्ने निर्णय गरेको हो ।

अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र सहभागिता रहेको केन्द्रीय कमिटी बैठकले साउन २५ देखि २७ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको छ । विधान अधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन, विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र रामबहादुर थापा ‘बादल’ले व्यवस्थापन प्रतिवेदन लेख्ने निर्णय भएको नेता विष्णु रिजालले बताए ।

असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णयपनि बैठकले गरेको छ । रिजालकाअनुसार भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *