आमिर र किरणको सम्बन्धविच्छेद

एजेन्सी । भारतीय अभिनेता आमिर खान र श्रीमती किरणले सम्बन्धविच्छेद गरेका छन् । आमिर र किरणले सन् २००५ मा विवाह गरेका थिए ।

श्रीमान्—श्रीमतीको रूपमा छुटिने निर्णय गरेपनि एकअर्काको काममा भने निरन्तर साथ रहने उनीहरूले उल्लेख गरेका छन् । छोरा आजादको राम्रो अभिभावक बन्नेसमेत उनीहरूले बताएका छन् । केही समयअघिबाट छुटिने निर्णय गरेकोमा यो समयलाई सार्थक मानेर दुवैजनाले छुटिने निर्णय गर्दै एक नोट सेयर गरेका छन् ।

उनीहरूले चलचित्रको काममा एक साथ रहने, सञ्चालन गरेको फाउन्डेसन एकसाथ अघि बढ्ने र अन्य सहकार्यसमेत निरन्तर रहने बताएका छन् ।

भारतीय समीक्षक तरण आदर्शले किरण र आमिरको नोट सेयर गर्दै समाचारलाई पुष्टि गरेका छन् । मुश्लिम समुदायका आमिरले हिन्दू समुदायकी किरणसँग दोस्रो विवाह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *