अस्कर अवार्ड जित्ने चलचित्रलाई बोर्डले आठ लाख दिने

काठमाडौँ । चलचित्र विकास बोर्डले ‘अस्कर अवार्ड’ जित्ने नेपाली चलचित्रलाई प्रोत्साहन स्वरूप ८ लाख रुपैयाँ दिने घोषणा गरेको छ । बिहीबार विकास बोर्डको २१ औँ वार्षिकोत्सवको अवसरमा ‘ट्राभल ग्रान्ट’को अवधारणा लागू भएको जानकारी दिइएको छ ।

अर्थ मन्त्रालयबाट कार्यविधि पास भएसँगै ‘ट्राभल ग्रान्ट’ लागू भएको अध्यक्ष दयाराम दाहालले जानकारी दिए । बोर्डले अस्कर अवार्डमा छनोट हुने नेपाली चलचित्रलाई २ लाख, नोमिनेशन र अवार्ड नै जिते ८ लाख प्रोत्साहन स्वरूप दिने निर्णय गरेको हो ।

यस्तै, गोल्डेन अवार्ड, एसिया प्यासिफिक स्क्रिन अवार्ड र एसियन चलचित्र अवार्डमा छनोट भएर स्क्रिनिङ भए १ लाख र विजेता बने १ लाख ५० हजारदेखि २ लाखसम्म प्रोत्साहन रकम प्रदान गर्ने बोर्डले बताएको छ । बोर्डले, कान्स, भेनिस, लोकार्नो, बर्लिन, टोरन्टो, सनडान्स, रोटेरडम जस्ता फेस्टिभलमा छनोट हुन सफल फिचर चलचित्रलाई २ लाख ५० हजार र छोटो चलचित्रलाई १ लाख रुपैयाँ प्राप्त गर्ने बोर्डले जनाएको छ ।

सरकारले यो वर्षको बजेटमा स्टोरी बैङ्कको अवधारणालाई समेत अगाडि बढाएको छ । यसका लागि चलचित्र विकास बोर्डले चाडै नै स्क्रिप्टको आह्वान समेत गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 13 =