आजदेखि आन्तरिक उडान सञ्चालनमा

काठमाडौं । कोरोना संक्रमणका कारण बन्द गरिएको नेपालको आन्तरिक उडान बिहीबारबाट सञ्चालनमा भएको छ ।

नयाँ भेरियन्ट भनिएको कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६८ औं दिनपछि बिहीबारदेखि सञ्चालनमा आएको हो । नागरिक उड्डयन प्राधिकरणले हाललाई जुलाई महिनाभरका लागि मात्रै दैनिक ६७ वटा उडान तालिका स्वीकृत गरेको जनाएको छ ।

विमानस्थलका अनुसार, कोभिड संक्रमण फैलिन सक्ने भएकाले प्रत्येक उडानलाई १५ मिनेटको अन्तर राखेर उड्ने अनुमति दिइएको छ । आन्तरिक उडान सुरु भएसँगै आन्तरिक टर्मिनलमा यात्रुहरूको भीड देखिएको छ ।

प्राधिकरणले यदि कुनै जिल्लामा कोरोना संक्रमणको दर बढेर निषेधाज्ञा लागू हुनसक्ने भएमा ती जिल्लामा रहने डीसीसीएमसीसँग समन्वय गर्न, यात्रुलाई विमानस्थलसम्म ल्याउन, पुर्‍याउन वा टिकट रद्ध गर्न सहजीकरण गर्न सम्बन्धित वायुसेवालाई नै भनेको छ ।

यो पटकको उडानमा पनि यात्रुले अनिवार्य मास्क, भाइजरको व्यवस्था गरिएको छ । विमानस्थलमा कर्मचारीले अनिवार्य ज्वरो नाप्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *