सीको सम्बोधन– निस्तेज पार्न खोज्नेविरुद्ध चीन धातुको पर्खालजसरी उभिनेछ

बेइजिङ्ग । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले बिहीबार स्थापनाको १०० वर्ष मनाउँदैछ । १००औं वर्षगाँठको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सीसीपी महासचिव तथा चिनियाँ राष्ट्रपति सी जिङपिङले चीनले कुनै पनि छिमेकीलाई मदन नगर्ने बताएका छन् । चिनियाँ न्यूज पोर्टल न्यूज सीएनकाअनुसार सीले सम्बोधनका क्रममा भनेका छन्— ‘चीनले छिमेकी मुलुकमाथि कहिल्यै दमन गर्नेछैन । तर, चीनलाई घेर्ने र निस्तेज पार्ने षड्यन्त्रविरुद्ध १.४ बिलियन चिनियाँ जनता धातुको पर्खालजस्तै भएर उभिनेछन् ।’

विश्लेषक तथा जानकारहरुले सीको यो चेतावनीसहितको सम्बोधन अमेरिकासहितका पश्चिमी मुलुकलक्षित रहेको बताएका छन् । न्यूज सीएनकाअनुसार सीले यो अभिव्यक्ति करिब ७० हजार सहभागीको अगाडि उभिएर दिएका हुन् । सीले थपेका छन्— ‘चिनियाँ कम्युनिष्ट पार्टीको उदयले चिनियाँ जनताको भाग्य मात्र हैन, सिंगो विश्वकै भाग्य हो पनि भन्न सकिन्छ ।’

झन्डै एक घण्टाको सम्बोधनका क्रममा सीले आधुनिक समयमा चिनियाँ कम्युनिष्ट पार्टीको भूमिकाको चर्चा गरे । सीले देशलाई असफल बनाउन नदिइने प्रतिबद्धतासमेत जनाए । भने— ‘समाजवादले मात्र चीनलाई जोगाउन सक्छ । चिनियाँ विशेषतासहितको समाजवादले मात्र चीन विकसित हुनसक्छ ।’

निचियाँ कम्युनिष्ट पार्टीको सन् १९२१ मा स्थापना भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टी लामो गृहयुद्धपछि ७२ वर्ष अगाडि शक्तिमा आएको थियो ।

तस्बिर स्रोत : न्यूज सीएन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *