अक्षयको ‘फिलहाल २’ टिजर सार्वजनिक (भिडिओ)
२०७८ असार १७ गते

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार र नूपुर सेननको म्युजिक भिडिओ ‘फिलहाल २’ का टिजर रिलिज भएको छ । टिजरमा अक्षय कुमार आफ्नी प्रेमिका नूपुरको विवाहमा नाचिरहेका देखिन्छन् ।
सामाजिक सञ्जालमा ‘फिलहाल २’ को टिजर सार्वजनिक गर्दै अक्षय कुमारले लेखेका छन्, ‘प्रेम गर्ने समय नजिकै आउँदैछ । ‘फिलहाल २’ मोहब्बत गीत ६ जुलाईमा रिलिज हुनेछ, तब सम्म टिजरको मजा लिनुहोला ।’
टिजरमा गीत ‘फिलहाल’ को कथा अन्त्य बहेको समयभन्दा पछिको समयको कथा देखाइएको छ । टिजरमा नूपुरको बिहे भइरहेको र अक्षय आँखा भारी आँसु लिएर नाचिरहेको देखिन्छन् । बी प्राकले गीतमा आवाज र सङ्गीत दिएका छन् । पहिलो भाग ‘फिलहाल’ २०१९ मा रिलिज भएको थियो र गीत सुपर हिट भएको थियो ।
https://www.youtube.com/watch?v=qHILe297r7o&t=2s
२०७८ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








