२२ वर्षमा बाघले बर्दियामा २२ को ज्यान लियो

काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्जको बाघले पछिल्लो २२ वर्षमा २२ जनाको ज्यान लिएको छ । २०५५ सालदेखि अहिलेसम्म बाघको आक्रमणबाट २२ जनाको मृत्यु भएको हो ।

सो निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले मानव र जनावरबीच द्वन्द्व नरोकिएको र पछिल्ला सबैभन्दा बढी मानिसको मृत्यु भएको जनाए । निकुञ्जमा सन् २०१८ को बाघगणना अनुसार वयस्क बाघको संख्या ८७ वटा रहेको थियो । सरकारले बाघको सङ्ख्या बढाउने प्रतिबद्धता गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *