एनएमबी बैंकद्वारा एनएमबी सापटी २.० योजना

काठमाडौं । एनएमबी बैंकले एनएमबी सापटी २.० योजना शुरु गरेको छ । यो एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा सुरू गरेको हो ।

जसअन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्ताक्षरबिना डिजिटल रूपमै गर्न सकिने जनाएको छ ।

यो ‘नेपालमै पहिलो पटक’ २४ घण्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा एनएमबि सापटीको निरन्तरता रहेको जनाएको छ । यस सेवा बैंकसम्म नधाई मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेटभित्र नै प्राप्त गर्न सकिने जनाएको छ ।

एनएमबी सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपत्कालीन वित्तीय आवश्यकताहरुको परिपूर्तिका लागि प्रदान गरिने एक छोटो अवधिको धितोबिनाको कर्जा हो ।

एनएमबीमा व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिनासम्मको लचिलो अवधिसहित २ लाख रुपैयाँसम्म २४ घण्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराइने बैंकले जनाएको छ ।

ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनौट गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *