वीपी प्रतिष्ठानमा भाँडभैलो, पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन थप उग्र बन्दै गएको छ । मंगलबारसम्म रिले अनशनमा बसेका आन्दोलनरत पक्षले बुधबारदेखि पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

संयुक्त संघर्ष समितिले पदाधिकारीहरुसँग वार्तामा नबस्ने अडान राख्दै चारै जना पदाधिकारीहरुले राजीनामा दिनुपर्ने माग राखेका छन् ।

वीपी प्रतिष्ठानमा भएको पछिल्ला घटनाक्रमले प्रतिष्ठान अस्तव्यस्त बनेको छ । प्रतिष्ठानको शाखमात्र गिर्नुका साथै पदाधिकारी समस्याको समाधानमा गम्भीर नदेखिएको आरोप नागरिक तहबाट उठ्न थालेको छ ।

प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, कर्मचारीहरू १५ दिनदेखि वीपी प्रतिष्ठानको पारदर्शिता र सुशासनको माग राख्दै आन्दोलन भइरहेको छ ।

No description available.

मंगलबार आन्दोलनरत पक्षसँग वार्ता गर्ने सहमति भएको थियो तर उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मदिरा सेवन गरेर आएपछि आन्दोलन थप चर्किएको हो । आन्दोलनरत पक्षले बुधबार बिहानै उपकुलपतिसहितका चारजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

संयुक्त संघर्ष समितिले तत्काल पदाधिकारीको राजीनामा एवं बहिर्गमनको मुद्दा अघि सारेका छन् । उनीहरुले पदाधिकारीसँग वार्ता नगर्ने‚ त्यसको लागि प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोली गठन गर्न माग गरेका छन् ।

पदाधिकारीहरू चयन गर्दा विशिष्टीकृत एवं विज्ञहरूको समूह बनाएर उक्त समूहको सिफारिशका आधारमा व्यक्तिमात्र चयन हुने वातावरण बनाउनुपर्ने आन्दोलनरत फ्याकेल्टी वेलफेयर सोसाइटीका महासचिव डा एसपी रिमालको भनाइ छ ।

संयुक्त संघर्ष समितिले एक हप्ताको अल्टिमेटम दिँदै माग सम्बोधन नगरे सामूहिक राजीनामा दिने र प्रधानमन्त्री कार्यालय घेराउ गर्ने चेतावनी दिएको छ ।

रातिसम्म उपकुलपति कार्यालय घेराउ
प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले मंगलबार संघर्ष समितिलाई वार्तामा बोलाएका थिए । अन्य पदाधिकारीहरूसहित वार्तामा बसेका उपकुलपति गिरीले मदिरा सेवन गरेको भन्दै वार्ता भाँडिएको थियो । संघर्ष समितिले उपकुलपति गिरीको मेडिकल जाँच गर्न माग गरेपनि प्रहरीले हस्तक्षेप गरेर उपकुपति गिरीलाई राति विराटनगर पुर्‍याएको रिमालले बताए ।

आन्दोलनरत पक्षले राति करिब ९ बजेसम्म उपकुलपति कार्यालय घेराउ गरेको थिए । तीन बजेदेखि थुनिएका गिरीलाई राति करिब ९ बजेतिर मात्र प्रहरीले त्यहाँबाट निकालेको आन्दोलनरत चिकित्सकले बताएका छन् ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *