युनियन लाइफ इन्स्योरेन्सकाे आईपीओ आउँदै

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि असार २४ गतेदेखि आईपीओ निष्काशन गर्नै भएको छ ।

इन्स्योरेन्सले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ मार्फत निष्काशन गर्न लागेको हो ।

इन्स्योरेन्सले निस्काशन गर्न लागेको कुल ६४ लाख कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५ सय कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरीएको र ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्टाएर बाँकि ५८ लाख ५ हजार कित्ता सयेर सर्वसाधारणले आवेदन दिन पाउनेछ्न् ।

उक्त आईपीओमा छिटोमा असार २८ गते देखि ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । न्युनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म खरिदका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीकाे आईपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *