सेयर बजार ४७ अंक घट्याे, कारोबार रकमसमेत ६ अर्ब ७२ कराेडमा सीमित

काठमाडौं । साताको तेस्रो कारोबार दिन मगंलबार सेयर बजार ४७.४९ अंकले घटेको छ ।

यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक १.६५ प्रतिशतले घटेर २८२७.९९ बिन्दुमा समेटिएको छ ।

मगंलबार सेन्सेटिभ परिसूचक भने ९.८७ अंकले घटेर ५२३.७० बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये माइक्रोफाइनान्सको सूचक मात्र बढेको छ भने अन्य १२ वटा उपसमूहहरू घटेका छन् ।

यस दिन २ सय २३ कम्पनीका १ करोड ४० लाख ४४ हजार ३ सय ८१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८ सय ६९ रूपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै यस दिन ओरीयन्टल होटेल्स लिमिटेड सेयरमूल्य ५ प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन ४ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *