कङ्गना विरुद्ध केआरके

एजेन्सी । सलमान खान र मिका सिंह पश्चात् कमल राशिद खान (केआरके) को निसानामा कङ्गना रनावत परेकी छन् ।उनी लगातार अभिनेत्री विरुद्ध पोस्ट गरिरहेका छन् । आइतबार उनले कङ्गनाको आगामी चलचित्र ‘इमर्जेन्सी’ फ्लप हुने बताए भने सोमबार पनि उनीविरुद्ध पोस्ट गरिरहेका छन् ।

उनले लेखेका छन्, ‘म सत प्रतिशत ग्यारेन्टीका साथ भन्न सक्छु कि आगामी दिनमा कङ्गनाका कुनै पनि चलचित्र हिट हुँदैनन् । उनका आगामी चलचित्रहरू इन्दिरा गान्धी, कास्मिरी पण्डित र अयोध्या राम मन्दिरको विषयमा बन्दै छन् । यसको अर्थ अब उनी फिल्ममेकर होइनन् । उनी समाजमा घृणा फैलाउन चाहन्छिन् । ९० प्रतिशत भारतीयले यो विषय मन पराउँदैनन् । मानिसहरू शान्ति चाहन्छन् ।’

केआरके यति मै रोकिएनन् । उनले अर्को पोस्टमा लेखेका छन्, ‘म कङ्गनालाई दिदी कृपया घृणाको व्यापार नगर्नुस् भन्न चाहन्छु । तपाईँ राम्रो अभिनेत्री हो । त्यसैले अब क्विन र तन्नु वेड्स मन्नुको सिक्वेलमा काम गर्नुहोस् । अनि त दर्शकले फिल्म हेर्ने छन् । यही बिच तपाईँ नेता बन्न चाहनुहुन्छ भने चलचित्र क्षेत्र छोड्नुहोस् र पुरै समय राजनीतिलाई दिनुहोस् ।’

उनले मधुकर भण्डारकरको ‘इन्दु सरकार’ झैँ कङ्गनाको ‘इमर्जेन्सी‘ फ्लप हुने बताएका छन् । यो विषय समाचार बन्न थालेपछि भने उनले सफाइ दिएका छन् । उनले थप लेखेका छन्, ‘अब सञ्चार माध्यमले मैले कङ्गनाका चलचित्र फ्लप गराउने कोसिस गरेको आरोप लगाउन थालेका छन् । तर यो सही होइन । जब उक्त विषयमा चलचित्र बनेर फ्लप भई सकेको छ भने फेरी किन सोही विषयमा चलचित्र बनाउनु । यसको साटो अझ राम्रो विषय रोज्नु पर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 19 =