उपत्यकामा चले सार्वजनिक सवारी, थप कुन-कुन क्षेत्र खुकुलो ? (आदेशसहित)

काठमाडौँ । काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन भएका छन् । जोर-बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइएको हो ।

उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले सोमबार स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेका थिए । उपत्यकाभित्र निषेधाज्ञा भने एक साता थप गरिएको छ । २५ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक यातायात सञ्चालन भएका हुन् ।

यस्तै आजदेखि दैनिक उपभोग्य बस्तु तथा खाद्यान्न पसल पनि बिहानदेखि बेलुका ६ बजेसम्म सञ्‍चालन गर्न दिइएको छ । अन्य पसलहरूको हकमा बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्‍चालन गर्न दिइने निर्णय भएको हो ।

  • थप कुन-कुन क्षेत्र खुकुलो, के-के खुलेनन् ? हेर्नुहोस् नयाँ आदेश :- 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *