अभिनयसँगै व्यवसायतर्फ प्रियङ्काको फड्को

एजेन्सी । भारतीय अभिनेत्री प्रियङ्का चोपडा आफ्नो व्यस्त तालिकाबाट केही समय फुर्सद मिलाएर शनिबार पहिलो पटक आफ्नो न्यूयोर्कमा रहेको रेस्टुरेन्टमा पुगेकी थिइन् । उनले आफ्नो ‘सोना’ रेस्टुरेन्टबाट केही फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् ।

तस्बिरमा उनी आफ्ना साथीहरूसँग भारतीय भोजनको आनन्द लिइरहेको देखिन्छिन् । उसले आफ्नो रेस्टुरेन्टमा डोसा र पानी पुरी खाइन् । प्रियङ्का उनको आगामी वेब सिरिजको छायाङ्कनका लागि लन्डनमा भएकाले रेस्टुरेन्टमा पुग्न पाएकी थिइनन् ।

प्रियङ्काले फोटोको क्याप्सनमा लेखेकी छन्, ‘अन्ततः म ‘सोना’मा छु र मेरो ३ वर्षको योजना र कडा मेहनतलाई नजिकबाट नियाल्दैछु । किचनमा काम गर्ने सबैप्रति कृतज्ञ छु‚ जसले ‘सोना’लाई यस्तो अद्भुत अनुभूतिको केन्द्र बनाए । मेरो छाती गर्भले फुलेको छ । मेरै लागि भनेर बनाइएको मिमीज डाइनिङ रुमदेखि आकर्षक सजावट, भारतीय कलाकारको ललितकला,  स्वादिष्ट खाना र पेय पदार्थहरू‚ जसले न्यूयोर्क सहरको मुटुमा ‘सोना’को अनुभवलाई बिलकुलै फरक बनाउँछ ।

प्रियङ्काले केही महिनाअघि सामाजिक सञ्जालमार्फत् नै रेस्टुरेन्ट खोलेको विषयमा जानकारी गराएकी थिइन् । फोटो सेयर गर्दै उनले लेखेकी थिइन्, ‘तपाईंहरूसमक्ष ‘सोना’ प्रस्तुत गर्न पाउँदा म धेरै खुसी छु । न्यूयोर्क सहरमा नयाँ रेस्टुरेन्ट, जहाँ म भारतीय खानाको स्वाद पस्किनेछु । ‘सोना’ भारतीय फ्लेभरहरूको प्रतीक हो‚ जुन स्वादसँगै म हुर्किएकी हुँ ।’

अभिनयबाहेक प्रियङ्का अन्य व्यवसायमा समेत आबद्ध छिन् । प्रियङ्काको ‘पर्पल पेबल्स पिक्चर्स’ नामको प्रोडक्सन हाउस पनि छ । यस प्रोडक्सन हाउसअन्तर्गत, प्रियङ्काले द स्काई इज पिंक, द ह्वाइट टाइगर, भेन्टिलेटर, सर्बन, पाहुना, फायरब्यान्ड, पानीजस्ता धेरै चलचित्र निर्माण गरिएका छन् ।

प्रोडक्सन हाउसबाहेक प्रियङ्काले हालसालै हेयर केयर प्रोडक्ट ‘एनोमेली’ लन्च गरेकी छन् । केही दिनअघि उनले आफ्नो पुस्तक ‘अन्फिनिस्ड’ समेत सार्वजनिक गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *