मंगलबारदेखि उपत्यकामा सार्वजनिक यातायात चल्न पाउने

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भएका छन्  । जोर-बिजोर प्रणालीमार्फत सार्वजनिक सवारीसाधनलाई पनि सञ्चालन दिइनेबारे अहिले तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुबीचको बैठकमा छलफल भइरहेको छ ।

उक्त विषयबारे छलफल भएपनि निर्णय हुन भने बाँकी रहेको काठमाडौं जिल्लाका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए । ‘त्यही विषयमा कुराकानी भइरहेको छ,’ प्रजि पराजुलीले मकालुखबरसँग भने- ‘केहीबेरमा निर्णय आउँछ ।’

प्रजिअ पराजुलीकाअनुसार निषेधाज्ञा भने एकहप्ता अझै लम्ब्याइनेछ । उनले भनेका छन्- ‘निषेधाज्ञा लम्ब्याइए पनि सार्वजनिक सवारीलाई पनि सञ्चालन गर्न दिइने भन्नेबारे छलफल भइरहेको छ ।’

गतहप्ता घोषित निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदैछ । निषेधाज्ञाका कारण गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको छैन । अहिले उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *