२५० घरमा एलिना र किरणको खाद्यान्न सहयोग
२०७८ असार १४ गते

काठमाडौँ । विपदमा कलाकारले निरन्तर सहयोग गरिरहेका छन् । सिन्धुपाल्चोकमा त समूह नै बनाएर कलाकर्मीहरू सहयोग उठाउन लागि परेका छन् ।
यस्तै एलिना चौहान र किरण भुजेल भने चितवनको एक बिकट स्थानमा पुगेर राहत वितरण गरेका छन् । राप्ति नगरपालिका १३ का २५० गरिब परिवारलाई दाल, चामल, नुन तेल लगायतका खाद्यान्न सहयोग उनीहरूले सहयोग गरेका हुन् ।
वर्ष भरी खान नपुग्ने समाचार सुनेर भावुक बनेकी एलिनाले टिकटकमा लाइभ बस्दा आएको रकम र अन्य सहयोगी मनको सहयोगमा खाद्यान्न हस्तान्तरण गर्न पाएकोमा एलिनाले सहयोग गर्ने सम्पूर्णमा कृतज्ञता जनाएकी छन् । भावुक हुँदै उनले एक लामो स्ट्याटस फेसबुकमा समेत राखेकी छन् ।

२०७८ असार १४ गते
प्रतिक्रिया
सम्बन्धित








