ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङ प्रालिबीच सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङ प्रालि बीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि कर्जा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अन्तर्गत सिप्रदि ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछ ।

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा सिप्रदि ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका थिए । यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटा ब्राण्डका पिकअप र कार्गो गाडि ग्राहकवर्गहरुलाई ७० प्रतिशत सम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ । बैंकको देशभरि फैलिएका १०५ वटै शाखाबाट उक्त सवारी कर्जा सेवाको लाभ लिन सकिने जनाएको छ ।

गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटा ब्राण्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ । सिप्रदि ट्रेडिङले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा गाडि खरिद तथा विक्रि पश्चातको सेवा दिंदै आएको जनाएको छ । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =