युरोकपमा दुई खेल, कुन टिम कोसँग ?

काठमाडौं । यूरो २०२० को नकआउट चरणमा आज दुई खेल हुँदैछन् । राति ९ः४५ बजे शुरु हुने पहिलो खेलमा स्पेन र क्रोएसिया आमनेसामने हुँदा राति १२ः४५ बजे फ्रान्स र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

डेनमार्कको पार्केन एरिनामा हुने खेलबाट स्पेन र क्रोएसिया दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन् । स्पेनले समूह ‘ई’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । उसको ३ खेलमा ५ अंक जोडेको थियो । क्रोएसियाले समूह ‘डी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।

रोमानियाको नेसनल एरिनामा हुने खेलबाट फ्रान्स र स्विट्जरल्यान्ड दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । साविक उपविजेता समेत रहेको फ्रान्स समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्विट्जरल्यान्डले समूह ‘ए’ बाट नकआउट चरणमा स्थान बनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *