पोर्चुगललाई हराउँदै बेल्जियम युरोको क्वाटरफाइनलमा

फिफा बरियताको शिर्ष स्थानमा रहेको बेल्जियम युराे २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार विहानपख सकिएको खेलमा साविक विजेता पोर्चुगललाई १–० ले हराउँदै बेल्जियम अन्तिम ८ मा पुगेको हो ।

बेल्जियमलाई जिताउन थोर्गन हाजार्डले खेलको ४२ औ मिनेटमा गरेको गोल नै निर्णायक भयो । अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ । यससँगै बेल्जियम युरो २०२० मा लगातार ४ खेलमा अपराजित रहन सफल भएको छ ।पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *