नेदरल्याण्डसलाई हराउँदै चेक रिपब्लिक युरोको क्वाटरफाइनलमा

चेक रिपब्लिक युरो २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई २-० ले पराजित गर्दै चेक प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । हंगेरीको पुस्कास एरिनामा नेदरल्यान्ड्सलाई हराउन टोमस होल्स र प्याट्रिक शिकले गोल गरे ।

खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियाे ।

डी बक्स बाहिर हातले बल रोकेपछि भीएआरको सहायतामा रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए ।

६८ औं मिनेटमा टोमसले र ८० औं मिनेटमा प्याट्रिकले गोल गर्दै चेकलाई जिताए ।

अब चेकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । नेदरल्यान्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

नेदरल्यान्ड्सले समूह ‘सी’मा  शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *