नकआउटको असफलता तोड्ने लक्ष्यमा नेदरल्यान्ड

काठमाडौं । नेदरल्यान्डले युरो २०२० अन्तगर्गत नकआउट चरणमा आज ९ः४५ मा चेक रिपब्लिकविरुद्ध प्रतिस्पर्धा गर्दै छ । समूह चरणमा सतप्रतिशत नतिजा निकालेको नेदरल्यान्डका लागि नकआउट अनुभव भने गतिलो छैन । त्यसैले यो पटक चेकविरुद्ध संयमित भएर मैदान उत्रंदै सहज रुपमा क्वाटरफाइनल पुग्ने उसको लक्ष्य हुने छ ।

त्यस्तै समूह डी मा रहेर उत्कृष्ट तेस्रो बनेर नकआउट पुगेको चेकरिपब्लिक पनि नेदरल्यान्डविरुद्ध २००४ को सनसनीपूर्ण नतिजा दोहोर्‍याउन मैदानमा उत्रने छ । चेकले २००४ मा २ गोलले पछि परेको नतिजा उल्टाउँदै जित निकालेको थयो ।

नेदरल्यान्डका सहायक प्रशिक्षक भान निस्टेलरोय नकआउटको तितो अनुभव भुलाउन मैदान उत्रने बताउँछन् । २००६ को विश्वकप र २००८ को युरोमा नकआउट स्टेजबाटै बाहिरिएको नेदरल्यान्डका लागि यो पटक हार्नै छुट नभएको उनको भनाइ छ । निस्टेलरोयले भने, ‘हामीले विगतमा नकआउटमा भएका गल्तिबारेमा समिक्षा गरेका छौं । ती गल्तीबाट सिक्दै अब पुनःगल्ती दोहोर्‍याउने छुट हाहीलाई छैन ।’

जारी युरो२०२० मा समूह चरणमा तीन टीमविरुद्ध ८ गोल गरेकाले नेदरल्यान्डलाई उपाधि दाबेदारकै रुपमा हेरिएको छ । तर म्यानचेस्टर युनाईटेडका पूर्व स्ट्राइकर निस्टेलरोय भने नकआउट र समूह चरणको दबाब फरक हुने भएकाले मानसिक रुपमानै नकआउटका लागि तयार हुनु पर्नै बताउँछन् ।

तथ्य/तथ्याङ्क
नेदरल्यान्ड र चेकरिपब्लिक २०१५ को अक्टोबरपछि पहिलो पटक प्रतिस्पर्धा गर्दै छन् । युरो २०१६ को छनोटका दौरान भएको उक्त भेटमा नेदरल्यान्डले ३-२ को जित निकालेको थियो ।

युरोपियन च्याम्पियनसिपमा भने यी दुईबिच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । अघिल्ला दुई भेटमा दुवैले समान एक जित निकालेका छन् । युरोपियन च्यापम्पियनसिपमानै यी दुईबिच पछिल्लो पटक २००४ मा थ्रिलिङ खेल भएको थियो । जहाँ २ गोललेपछि परेको अवस्थालाई उल्टाउँदै चेकले ३-२ को जित निकालेको थियो ।

नेदरल्यान्डले १९८८ को प्रतियोगिता जितेयता ७ पटक युरोको नकआउटमा स्थान बनाएपनि २ पटकमात्र नकआउट चरण पार गर्न सफल भएको छ । २००० पछि नेदरल्यान्ड युरोपियन च्याम्पियनसिपमा लगातार ४ जितको प्रतिक्षामा छ ।

चेक रिपब्लिकले ४ पटक नकआउटमा स्थान बनाउँदा तीनपटक असफल्ता हात पारेको छ । मुख्य प्रतियोगितामा उसले खेलेका ७ खेलमा केवल १ मा मात्र जित निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *