कीर्तिमानसँगै क्वाटरफाइनलमा इटाली

काठमाडौँ । इटाली युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न नकआउट चरणको खेल अन्तर्गत अस्ट्रियालाई २–१ गोल अन्तरले पराजित गर्दै इटाली क्वाटरफाइनलमा पुगेको हो ।

इटाली र अस्ट्रियाबीच निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिए पछि ३० मिनेटको अतिरिक्त समय खेलाइएको खेलमा ३ गोल भएको हो । इटालीका लागि खेलको ९५औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको १०५औं मिनेटमा माटेओपेसिनाले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

तर अस्ट्रियाले खेलमा कमब्याकको प्रायस गर्दै खेलको ११४औं मिनेटमा सासा कालाजजीकको गोल फर्काउदै २–१ को अवस्थामा पुर्याएको थियो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल इटालीले २–१ ले जितेको थियो ।

यो इटालीको लगातार ३१ खेलमा अपराजित यात्रा हो । इटालीले ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको छ । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएपछि इटालीले हार व्यहोरेको छैन ।

अब क्वाटरफाइनलमा इटालीले बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *