सानदार जितसँगै डेनमार्क क्वाटरफाइनलमा

काठमाडौँ । डेनमार्कले सानदार प्रदर्शन गर्दै युरोकपको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । गएराति भएको पहिलो प्रि-क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो ।

डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक एक गोल गरे । डेलवर्गले खेलको २७औं मिनेट र ४८औं मिनेटमा गोल गर्दै डेनमार्कलाई २–० को अग्रता दिलाएका थिए । डेनमार्कका लागि तेस्रो गोल खेलको ८८औं मिनेटमा जोकिम माहेलले गरेका थिए । त्यस्तै खेलको ९४औं मिनेटमा चौथो गोल मार्टिन ब्रेथवेटले गरेका थिए ।

यस खेलमा वेल्सका ह्यारी विल्सनले खेलको ९०औं मिनेटमा रातो कार्ड पाएका थिए । हारपछि वेल्स युरोकपबाट बाहिरिएको छ ।

डेनमार्कले यस युरोकपमा सुरुका दुई खेलमा हार बेहोरेकोमा डेनमार्कले समूह चरणको अन्तिम खेलमा रसियालाई ४-१ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा छनौट भएको थियो । अब क्वाटरफाइनलमा डेनमार्कले नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *