‘प्रेमगञ्ज’को लागि गायक-गायिका खोजी

काठमाडौँ । चलचित्र ‘प्रेमगञ्ज’ को लागि गायक र गायिकाको खोजी सुरु भएको छ । राजु फुयाँलले निर्माण गरेको चलचित्र ‘प्रेमगञ्ज’ विशुद्ध प्रेम कथामा आधारित रहेको छ ।

चलचित्रमा तेज गिरी, बेनिशा हमाल र सम्पदा बानियाँ मुख्य भूमिकामा रहेका छन् । सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाल अडिसनबाट छानिएका कलाकार हुन् । चलचित्रका अन्य कलाकारमा नरेश पौडेल, रश्मि भट्ट, पवन भट्टराई, सन्जोग रसाइली, गीता अधिकारी, अन्चित ढुङ्गानालगायतको अभिनय रहनेछ ।

परिच्छेद सेनको निर्देशनमा बन्दै गरेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने छायाङ्कनको जिम्मा सञ्जय लामाको काँधमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 5 =