सोनियाले पाइन् वाइल्ड कार्ड

काठमाडाैं ।  आगामी महिनाबाट जापानमा सुरु हुने ओलम्पिक प्रतियोगिताका लागि नेपालकी जुडो खेलाडी सोनिया भट्टले वाइल्ड कार्ड प्राप्त गरेकी छिन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जितेकी भट्टले टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरेको नेपाल आलम्पिक कमिटीले जनाएको छ । सोनियाले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् ।

प्रतियोगिता जापानको टोकियोमा २३ जुलाई देखि ८ अगस्टसम्म हुने छ । टोकियो ओलम्पिकमा सहभागी नेपाली खेलाडीको संख्या अब ५ पुगेको छ । यसअघि सुटिङकी कल्पना परियारले वाइल्ड कार्ड पाएकी थिइन् ।

पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोपीचन्द्र पार्कीले ओलम्पिक खेल्ने यसअघि नै तय भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *