चोरीको मोटरसाइकलसहित २ जना पक्राउ

काठमाडौं । चोरीको मोटरसाइकलसहित प्रहरीले दुईजनालाई प्रकाउ गरेको छ । वीरगञ्ज महानगरपालिका १३ स्थित सडक छेउमा पार्किङ गरी राखेको ना ४० प ४२०३ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बारा परवानीपुर गाउँपालिका २ बस्ने २६ वर्षीय दीपकुमार यादव र पर्सा कालिकामाई गाउँपालिका ३ बस्ने २२ वर्षीय सागर पटेल रहेका प्रहरीले जनाएको छ ।

गत मंगलबार उक्त मोटरसाइकल चोरी भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई परवानीपुरबाट ड्राईपोर्टतर्फ जाँदै गरेको अवस्थामा फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ ।

उनीहरुउपर चोरी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *