कर अधिकृत घूससहित प्रकाउ

काठमाडौँ । १ लाख ५० हजार घूससहित कर अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोलीले नियन्त्रणमा लिएको छ ।

आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत रमेश ढकाललाई आयोगले नियन्त्रणमा  लिएको छ । ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गरिदिने भन्दै एक लाख ५० हजार रुपैयाँ घूस लिएको अनुसन्धानपछि घूस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ अनुसार एक लाख ५० हजार बिगो रकम माग गरेर विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *