जातीय विभेदविरुद्ध काठमाडौंमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । काठमाडौंमा जातीय विभेदविरुद्ध प्रदर्शन भएको छ । सञ्चारकर्मीसमेत रहेकी कलाकार रुपा सुनारको सन्दर्भले धेरै प्रश्नहरु जन्माएको भन्दै क्रियाशील दलित पत्रकार, नेपाललगायतका संस्थाहरुको अगुवाइमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा विभेद गर्ने व्यक्तिलाई संरक्षण गर्न गरेको भन्दै नेपाल सरकारका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको बर्खास्तकोसमेत माग गरिएको छ । ‘जातीय विभेदका मतियार मन्त्री/व्यवस्था मुर्दावाद’, ‘जुन तिथीमा जात छ मान्छे त्यहाँ दास छ’, मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर्’लगायत लेखिएका पर्चा पम्पलेट बोकेर प्रदर्शनकारीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा विभेदविरुद्ध हस्ताक्षर संकलनसमेत गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *