रामजी निर्देशित ‘क्वारेनटाइन’ सार्वजनिक

काठमाडौँ । गीत ‘क्वारेनटाइन’ सार्वजनिक भएको छ । गीतमा कोरोनाको समयमा बस्नुपर्ने क्वारेनटाइनको विषयलाई समेटिएको छ ।

घरमा बसेमा सबै ठिक हुने सन्देश दिँदै गीतले लकडाउनको ‘फाइन’को विषयविषयलाईसमेत उठान गरेको छ ।  डान्सिङ्ग नम्बर यो गीतमा क्वारेन्टाइन, लकडाउनलगायतबारे जानकारीसमेत दिन खोजेको छ ।

प्रताप दाशको स्वर रहेको गीतमा प्रकाश खड्काको शब्द/सङ्गीत रहेको छ । सङ्गीत संयोजन भने उदय राज पौडेलले गरेका छन् । भिडियोमा सुधीर श्रेष्ठ र बिना राउतको अभिनय देख्न सकिन्छ ।

रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो सौरभ लामाले खिचेका हुन् । भिडियोमा सरस्वती श्रेष्ठको शृङ्गार र बन्दे प्रसादको सम्पादन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *