नेप्से १६ अकंले घट्याे, जम्मा ७ अर्ब ३३ कराेडकाे काराेबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १६.९६ अंकले घटेको छ । यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.५९ प्रतिशतले घटेर २८४३.०१ बिन्दुमा समेटिएको छ ।

बिहीबार सेन्सेटिभ परिसूचक भने ३.१७ अंकले घटेर ५२५.६४ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये होटल तथा पर्यटन र जलबिद्युतका सुचक मात्र बढेका छन् भने अन्य ११ वटा उपसमूहहरू घटेका छन् ।

यस दिन २ सय १९ कम्पनीका १ करोड ३२ लाख १० हजार ३ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ३३ करोड ६ लाख ३ हजार ७ सय ४० रूपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै यस दिन अपर तामाकोशी जलविद्युत लिमिटेड सेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ । भने समृद्धी फाइनान्स र रुरु जलबिद्युतको सेयर मूल्य समायोजन झण्डै ३ प्रतिशतले बढेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *