जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ ।

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेदकोट नगरपालिका—१० नयाँगाउँ भागेश्वरी टोल बस्ने ४० वर्षीय चक्र सार्कीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सार्कीले ती महिलालाई गोठालो गएको बेला चधरा नदी नजिक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

घटनाका सन्दर्भमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *