कामना सेवा विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं ।  कामना सेवा विकास बैंकको १० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । बैंकले ९ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड २०८७’ नामक ऋणपत्र सूचीकृत भएको हो ।

बैंकले माघ २२ गतेबाट एक हजार रुपैयाँ अंकित दरका एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ‘१० वर्ष, ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ निष्काशन गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम जेठ ७ गतेको निर्णयअनुसार यस ऋणपत्र सूचीकरण भएको जनाएको छ ।

बैंकले ऋणपत्र निष्काशन गर्न कार्तिक ३ गते सोमबार निवेदन पेश गरेकोमा बोर्डले बैंकलाई माघ २ गते, शुक्रबार अनुमति दिएको थियो । बैंकको उक्त ऋणपत्र बिहीबारदेखि दोस्रो बजारमा कारोबार सकिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *